सेरोफेरो
१५ जेठ, काठमाडौं । सरकारले आर्थिक बर्ष २०७४/०७५ को बार्षिक बजेट सार्वजनिक गरेको छ । नेपालको संविधानको धारा ११९ (३) बमोजिम अर्थमन्त्री कृष्णबहादुर महराले संसद समक्ष राजश्व र व्ययको अनुमान पेश गरेका हुन् ।
मन्त्री महराले आर्थिक बर्ष २०७४/०७५ का लागि १२ खर्ब ७८ अर्ब ९९ करोडको बजेट प्रस्तुत गरेका छन् । बजेटमा संविधान कार्यान्वयन, भूकम्प पीडितलाई राहत, रोजगार बृद्धि, कृषि आधुनिकीकरण, सडक, विजुली उत्पादन, पर्यटन लगायतका विषयलाई जोड दिइएको अर्थमन्त्री महराले जनाएका छन् ।
बजेटका विशेषताहरु
स्थानीय तहका लागि दुई खर्ब २५ अर्ब
सातवटै प्रदेशमा एक एक मेगा सिटी बनाइने
बुढीगण्डकी आयोजनालाई १० अर्ब
सबै नेपालीको बैंक खाता खोल्ने
नयाँ भर्ना हुने सरकारी कर्मचारीका लागि योगदानमा आधारित पेन्सन
काठमाडौंमा भूमिगत विद्युत वितरण
मदिरा र सुर्तीजन्य पदार्थको भन्सार र राजश्वमा बृद्धि
२० बर्ष पुराना गाडी चलाउन नपाइने
प्रत्येक प्रदेशमा पत्रकार प्रशिक्षण प्रतिष्ठान
सीतापाइला नौविसे सुरुङमार्ग निर्माण
हरेक स्थानीय तहमा बाणिज्य बैंकको खोलिने
युवा उद्यम, सामाजिक सुरक्षा र संसदीय विकास कार्यक्रमलाई निरन्तरता
जनता आवास कार्यक्रमको निरन्तरता
पहाड र तराईमा २० वटा शहर निर्माण गर्ने
एकल विन्दु सेवाका पूर्वाधार विकास गरिने
नेपाली सेनालाई विकास निर्माणका काममा लगाउने
आर्थिक बृद्धिदर लक्ष्य ७.२ प्रतिशत
बजेटको पूर्णपाठ पढ्न Budget Speech 2074-75 क्लिक गर्नुहोस् ।
प्रतिकृया दिनुहोस्