९ माघ । कर्णालीलाई 'छ्या' भन्नेलाई पनि 'आहा कति राम्रो' भन्ने लाग्न सक्छ । यो नेपालकै अग्लो स्थानमा रहेको जिल्ला सदरमुकाम हुम्लाको सिमकोट हो ।
मंगलबार बिहानदेखि हुम्लामा हिमपात भएको छ । स्थानीयका अनुसार ३ फिटभन्दा बढी हिउँ परेको छ । हिमपातका कारण तापक्रम माइनस १४ डिग्रीमा झरेको छ ।
हिमपातले स्थानीयलाई धाराको पानी ल्याउन कठिन भएको छ भने पशुबस्तु पनि गोठबाट निकाल्न सक्ने अबस्था छैन । सिमकोट बजारका ब्यापारीहरु आगो तापेर ग्राहक कुरीरहेका देखिन्छन् । हिमपात हुँदा हवाई सेवा समेत अबरुद्ध भएको छ ।
हिउँले ह्वाइट भएको हुम्लाका केही मनमोहक दृश्य हेर्नुहोस् ।










प्रतिकृया दिनुहोस्