Birendranagar Municipality

तरुण दल सुर्खेतले सरकार विरुद्ध प्रदर्शन गर्ने

सेरोफेरो/सुर्खेत
तरुण दल सुर्खेतले सरकार विरुद्ध प्रदर्शन गर्ने

११ माघ । तरुण दल सुर्खेतले सरकार विरोधी आन्दोलन गर्ने भएको छ । दलले सरकारको विरोधमा यही माघ १३ गते कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा २० हजार तरुणहरु सडकमा उतार्ने जनाएको छ । 

 

वर्तमान सरकारले जनभावना विपरित काम गरेको भन्दै त्यसको विरोध स्वरुप सुर्खेतमा पनि उक्त कार्यक्रमको आयोजना गरिने तरुण दल सुर्खेतका अध्यक्ष हरि बिष्टले जानकारी दिए ।


शुक्रबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा विष्टले भने, ‘महंगी, भ्रष्टाचार, जताततै मौलाएको छ । यसको बिरोध स्वरुप यो कार्यक्रमको आयोजना गरेका हौं ।’

 

उक्त प्रदर्शनमा कर्णाली प्रदेशका १० वटै जिल्लाका तरुणहरुको सहभागिता रहने पनि विष्टले बताए । उनका अनुसार प्रदर्शनमा दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेत, उपाध्यक्ष उत्तम चापागाईँ, महासचिव भुपेद्रजंग शाही र कोषाध्यक्ष विद्धान गुरुङ्ग लगायतको उपस्थिति रहनेछ ।

२०७५ माघ ११ मा प्रकाशित

प्रतिकृया दिनुहोस्