Birendranagar Municipality

चेम्बरको आयोजनामा कर्णाली महोत्सव हुने

सेरोफेरो/सुर्खेत
चेम्बरको आयोजनामा कर्णाली महोत्सव हुने

१३ माघ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आगामि फागुनको पहिलो सातादेखि कर्णाली महोत्सव २०७५ सञ्चालन गरिने भएको छ । सुर्खेत चेम्वर अफ कमर्सको आयोजनामा फागुन ३ देखि ११ गतेसम्म महोत्सव सञ्चालन गरिने भएको हो ।


महोत्सव सञ्चालनका विषयमा जानकारी दिन आइतबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा चेम्बरका अध्यक्ष चिन्तामणि शर्माले कर्णाली सरकारले अभियानका रुपमा सञ्चालन गरेको कर्णाली रारा पर्यटनको गतिविधि लाई समेत प्रवद्र्धन गर्ने गरी महोत्सव सञ्चालन गरिने जानकारी दिए ।

 

उनले भने, ‘कर्णाली सरकारले शुरु गरेको कर्णाली रारा पर्यटन बर्षलाई पनि सहयोग पुगोस् भनी महोत्सव आयोजना गर्न लागेका हौं ।’ महोत्सवमा कर्णाली प्रदेशभित्रै उत्पादित वस्तुहरु तथा स्थानीय व्यापारीलाई प्राथामिकता दिइने पनि उनले बताए ।

 

मेला अवधिभर २ लाख दर्शकले अवलोकन गर्ने र १० करोड रुपैया बराबरको कारोवार हुने तथा ५० लाख खर्च हुने आयोजकको अुनमान छ । अध्यक्ष शर्माका अनुसार महोत्सव सञ्चालन खर्चबाट बचेको रकमले वीरेन्द्रनगरमा सुविधा सम्पन्न सार्वजनिक शौचालय निर्माण गरिने छ । उनले भने, ‘महोत्सव सकिएको एक महिनाभित्रै वीरेन्द्रनगर नगरपालिकाले तोकेको स्थानमा शौचालय निर्माणको कार्य शुरु गरिने छ ।’


महोत्सव सञ्चालनको विषयमा यसअघि विवाद भएपछि नगरपालिकाभित्र हुने महोत्सव व्यवस्थापन गर्न वीरेन्द्रनगर नगरपालिकाले मेला तथा महोत्सव सम्बन्धि कार्यविधि तयार पारेको छ । सोही मापदण्डलाई टेकेर महोत्सवको आयोजना गरिने अध्यक्ष शर्माले बताए ।

 

२०७५ माघ १३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्