Birendranagar Municipality

चीनद्वारा नेपाललाई कोटेश्वर कलंकी सडक हस्तान्तरण

सेरोफेरो/काठमाडौं
चीनद्वारा नेपाललाई कोटेश्वर कलंकी सडक हस्तान्तरण

१४ माघ । चीन सरकारको सहयोगमा निर्माण भएको कोटेश्वर कलंकी सडक नेपाललाई हस्तान्तरण गरिएको छ । नेपालका लागी चीनका राजदुत हु यांकी (ज्यगथबलत्रष्) ले प्रधानमन्त्री ओलीलाई निर्माण सम्पन्न गरेर सडक हस्तान्तरण गरेको घोषणा गरेकी हुन् ।


प्रधानमन्त्री केपीशर्मा ओलीले नेपालको तिव्र विकासकालागि छिमेकीको सहयोग आवश्यक हुने उक्त अवसरमा बताएका हुन् । प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपालीको सपना पुरा गर्नका लागी छिमेकी देशरुबाट बहुआयामिक रुपमा सहयोग लिनु परेको उल्लेख गरे । “नेपाल विकास र उन्नतीका लागी चीनले उदार र फराकिलो मनसायका साथ सहयोग गरेको छ । यसको म प्रशंसा गर्न चाहन्छु” प्रधानमन्त्री ओलीले भने ।


हरेकदिन एक कदम अघि बढ्ने गरी सरकारले काम गरिरहेको बताउदै प्रधानमन्त्री ओलीले सरकारलाई ढिलो गर्ने छुट नभएको समेत बताए । “तिव्र विकासका अवरोधक के के छन् सम्बन्धित निकायले ल्याउनुहोस् । आवश्यकता अनुसार मन्त्रिपरिषदबाटै निर्णय गरेर त्यस्ता अवरोधहरु हटाउँला ” प्रधानमन्त्री ओलीले भने ।


प्रधानमन्त्री ओलीले नेपालचीन सम्बन्ध मानवीय मात्र होइन प्राकृतिक रुपले पनि नजिक रहेको स्पष्ट पारे । “हाम्रो सम्बन्ध प्राचिन काल देखि हो । प्राकृतिक रुपमाहो । साँस्कृतिक रुपमापनि हो ” प्रधानमन्त्री ओलीले बताए ।

 

२०७५ माघ १४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्