१४ माघ । कप्तान पारस खड्काको अलराउण्ड प्रदर्शनमा नेपालले युएईविरूद्धको एकदिवसीय सिरिज जितेको छ।
युएईले दिएको २५५ रनको लक्ष्य नेपालले ४४.४ ओभरमा ६ विकेट गुमाउँदै पुरा गर्यो। योसँगै नेपालले युएईविरूद्धको सिरिज २-१ ले आफ्नो पक्षमा पारेको छ।
ओडीआई मान्यता पाएको एक वर्ष नपुग्दै नेपालले पहिलो सिरीज जितेको हो। यसअघिको पहिलो सिरिजमा नेदरल्याण्डसँग १-१ को बराबरी खेलेको थियो।
यसअघि उपकप्तान ज्ञानेन्द्र मल्लले ३१ रन बनाउँदा सुन्दीप जोराले १९ रन जोडे। एक दिवसीयमा डेब्यू गरेका जोराले २० बल खेल्दै १ छक्का र १ चौका प्रहार गरेका थिए।
यस्तै रोहित कुमार पौडेलले १६ रन बनाउँदा बिनोद भण्डारीले ९ रन जोडे। दीपेन्द्र सिंह ऐरी ६ रनमा आउट भएका थिए। यस्तै आरिफ शेखले २१ रन बनाउँदा सोमपाल कामीले २६ रन बनाएर नटआउट रहे।
प्रतिकृया दिनुहोस्