Birendranagar Municipality

जुम्लामा सार्वजनिक गाडीमा डस्टविनको व्यवस्था

शुभाकर विश्वकर्मा/जुम्ला
जुम्लामा सार्वजनिक गाडीमा डस्टविनको व्यवस्था

१४ माघ । जुम्लाबाट चल्ने छोटो तथा लामो दुरीका गाडीमा डस्टविनको व्यवस्था गरिएको छ । सुन्दर, व्यवस्थित र स्वच्छ जुम्ला बनाउने अभियान अन्तर्गत गाडीहरुमा ‘फोहोर मलाई’ को व्यावस्था गरिएको जिल्ला ट्राफिक कार्यालय जुम्लाले जनाएको छ । 

 

अभियान अन्तर्गत सोमबार १० वटा साना सवारीमा फोहर फाल्ने भाँडोको व्यवस्था गरिएको हो । यात्रुहरुलाई व्यवस्थित र सफा यात्राका लागि यस्तो व्यवस्था गरिएको ट्राफिक कार्यालय प्रमुख माधव रावतले बताए ।

 

ठूला तथा लामो दुरीका सवारी साधनमा अनिवार्य डस्टविन राख्नको लागि बस मालिक तथा चालकलाई समेत निर्देशन दिइसकेको रावतले बताए । उनले भने, निर्देशनको पालना नगरे सवारीलाई कारबाही समेत हुनेछ ।

 

जुम्लामा अहिले तिला कर्णाली र गो कर्णाली यातायात मातहतमा सवारी सञ्चालनमा रहेका छन् । यस्तै सानो व्यवसायमा झण्डै ६० वटा अटो रिक्शा चन्दननाथ नगरपालिका क्षेत्रमा सञ्चालनमा छन् ।

२०७५ माघ १४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्