Birendranagar Municipality

कर्णाली प्रदेश समन्वय परिषद्को पहिलो बैठक सुर्खेतमा जारी

सेरोफेरो
कर्णाली प्रदेश समन्वय परिषद्को पहिलो बैठक सुर्खेतमा जारी

१४ माघ । कर्णाली प्रदेश समन्वय परिषद्को पहिलो बैठक सोमवार देखि वीरेन्द्रनगरमा शुरु भएको छ । मंगलवार सम्म संचालन हुने समन्वय परिषदको पहिलो बैठकबाट बाट तिनतहका सरकार बिचको अन्यौलता हट्ने कर्णाली प्रदेशको मुख्यमन्त्री महेन्द्रबहादुर शाहिले बताएका छन् ।


उनले भने ‘काम गर्ने क्रममा संघ, प्रदेश र स्थानिय तहका सरकारबिचमा ठुलो अन्योलता आएको छ । यो अन्यौलतालाई हटाउने गरी बैठकले भुमीका खेल्नेछ ।’


कर्णाली प्रदेशलाई कसरी सम्बृद्ध बनाउने भन्ने विषयमा पनि हामीहरुको चासो बढेको छ । उलने थपे ‘प्रदेशका समस्या समाधानका लागी पनी बैठकको छलफलको विषय बन्ने छ ।’


परिषद्को वैठकमा प्रतिनिधी सभाका सदस्यहरु, प्रदेश सभाका सभामुख, प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश सभाका सदस्यहरु, स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरु गरी करिव चार सयहको सहभागिता रहेको छ ।


प्रदेश समन्वय बैठकमा प्रदेश सचिब तथा बिज्ञहरुको विशेष प्रस्तुती रहने जनाइएको छ ।

२०७५ माघ १४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्