तस्विर : पदम शाही
सेरोफेरो
१६ जेठ सुर्खेत । नेपाली सेनाको जहाज बाजुराको कोल्टीमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा पाइलटको मृत्यु भएको छ भने दुइजना घाइते भएका छन् ।
सुर्खेतबाट सिमिकोटको लागि कार्गो लिएर उडेको एन ए ४८ स्काई प्लग जहाज मौसम खराबीका कारण बाजुराको कोल्टी विमानस्थलमा अवतरणको क्रममा दुर्घटनामा परेको हो ।
विमानस्थलको धावनमार्गबाट चिप्लिएर बाहिर गएको जहाजमा लागेको आगो नियन्त्रणमा लिइएको बाजुराका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले सेरोफेरोलाइ जानकारी दिए ।
विमानमा चालक, सहचालक र विमान परिचारिका गरी जम्मा तीन जना थिए । सह चालक अनिता आले र मेजर पुर्ण खड्का गम्भीर घाइते भएका छन् भने पाइलट महासेनानी कैलाश गुरुङको निधन भएको छ ।
प्रतिकृया दिनुहोस्