१५ माघ । सुदुरपश्चिम प्रदेश सभाका सदस्य दुर्गा विकले आफ्नो जन्मदिनको अवसरमा आवास गृहमा खाद्यन्न तथा अत्यावसेक बस्तु सहयोग गरेकी छन् । दृष्टि फाउण्डेसनले कैलालीले संचालन गरेको आवास गृहमा २० जना मानसीक विरामी महिलाहरुलाई स्याहारको लागी राखीएको छ । मानसिक समस्याले गर्दा घर छाडेर सडकमा भौतारीएका महिलाहरुलाई दृष्टि फाउण्डेसनले साहारा दिईरहेको छ ।
सांसद दुर्गा विकले जन्मदिनको अवसरमा अनाबस्यक खर्च गर्ने र रमाईलोमा बिताउने संस्कार बढ्दै गएको अवस्थामा सन्देश दिनलाई यसो गरेको उनले बताईन् । आफ्नो सानो सहयोगले मानसिक समस्याबाट ग्रस्त दिदिबहिनीहरुलाई केही भएपनि राहत हुने सांसद विकले बताइन् ।
बैबाहिक बर्षगाँठ, जन्मदिन र अन्य सन्दर्भमा फजुल खर्च गर्नुभन्दा यस्ता महिलाहरुलाई सहयोग गर्दा सामाजिक उत्तरदायीत्व पनि पुरा हुने हुँदा सहयोग गर्न सवैलाई प्रदेश सभाका उप-सभामुख निर्मला जोशीले अनुरोध पनि गरिन् ।
उक्त आवास गृहमा १५ वर्ष देखि ६० वर्ष सम्मका महिलाहरुले साहारा लिईरहेको सांसद दुर्गा विकले बताईन् ।
प्रतिकृया दिनुहोस्