Birendranagar Municipality

कर्मचारीमाथि गरिएको दुर्व्यवहारको विरोध

सेरोफेरो/सुर्खेत

१७ माघ । मालपोत कार्यालय सुर्खेतमा कार्यरत कर्मचारीमाथि भएको दुर्व्यवहारको निन्दा गर्दै कार्यालयले प्रेस विज्ञप्ति जारी गरेको छ ।

 

हाल कार्यालयमा अनलाइन पद्धति सञ्चालन गरिएपनि अनलाइन तथा कागजी दुबै प्रक्रियाबाट काम गरिरहेकोले काममा केहि ढिला सुस्ती भएकै हो । तर कार्यालयमा काम गरिरहेका कर्मचारीमाथि दुर्व्यवहार हुनु निन्दनीय भएको र यस्तो कार्य गर्नेलाई कानुनी कारवाहीको माग गर्दे विज्ञप्ति जारी गरिएको मालपोत कार्यालय सुर्खेतका कर्मचारी रोशन शाहीले बताए ।

 

उनले भने, ‘हामीले जतिसक्दो छिटो सेवा दिन प्रयास गरेका छौं । अनलाइन र कागजी प्रक्रिया एकैपटक गर्नुपर्ने भएकोले केही ढिला भएको हुनसक्छ । तर यसरी कार्यालयमा काम गरिरहेको अबस्थामा आएर दुव्र्यबहार गर्दा अन्य कर्मचारीहरुको समेत मनोबल घट्छ ।’

 

बुधबार बिहान मालपोत कार्यालय सुर्खेतका नासु तथा सुचना अधिकारी नरबहादुर घर्तीलाई अज्ञात समुहले कालो मोसो दलेको थियो । कसले र किन यो सब गरेको भन्ने अहिलेसम्म पत्ता नलागेको कार्यालय प्रमुख लक्ष्मी शाहीले बताइन् ।

 

२०७५ माघ १७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्