१७ माघ । राष्ट्रिय योजना आयोगले तयार पारेको १५ औं पञ्चबर्षीय योजनाको मस्यौदा उपर वीरेन्द्रनगरमा छलफल भएको छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना भएको २ दिने छलफललाई बुधबार मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले शुभारम्भ गरेका थिए । छलफलमा बोल्दै शाहीले कर्णाली प्रदेश पोषणयुक्त खाद्यान्नको भण्डार भएतापनि यसको सदुपयोग हुन नसकेको बताए ।
छलफलमा राष्ट्रिय योजना आयोगका निर्देशक डा. चक्रपाणि आचार्यले आयोगको पन्ध्रौं योजनाका अन्तर्वस्तुबारे प्रस्तुती राखेका थिए । प्रस्तुतिमै आधारित भई सहभागीहरुले आफ्ना सुझाब व्यक्त गरेका थिए ।
आयोगका सदस्य मिनबहादुर शाहीको अध्यक्षतामा सम्पन्न २ दिने कार्यक्रमको अघिल्लो दिन जनप्रतिनिधिहरुसंग र दोस्रो दिन राजनीतिक दलका प्रतिनिधि, प्राज्ञिक व्यक्तित्व, गैर सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिहरुसंग छलफल गरिएको थियो ।
छलफलका क्रममा प्राप्त विभिन्न महत्वपूर्ण सुझाबहरुलाई आगामी योजनामा समेटिने सदस्य शाहीले बताए ।
प्रतिकृया दिनुहोस्