Birendranagar Municipality

डा. केसीले तोडे अनसन

सेरोफेरो/काठमाडौं
डा. केसीले तोडे अनसन

१८ माघ । डा.गोविन्द केसीले २४ दिन लामो आमरण अनसन तोडेका छन् । उनले आज साँझ एकतर्फी रुपमा अनसन तोडेका हुन् । चिकित्सा शिक्षा विधेयकमा सुधारका लागि फरक रुपमा लडिरहने प्रतिवद्धतासमेत जनाएका छन् ।

 

चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभा बाट पास भए पछि बिहिवार मात्र काँग्रेस सभापती शेरबहादुर देउवा र नेता गगन थापा उनलाई भेट्न गएका थिए ।


उनलाई पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र पूर्वसभामुख दमननाथ ढुंगानाले जुस खुवाएर अनसन तोडाएका हुन् ।


डा. केसीले असिमित सम्बन्धनलाई कानुनी बैधता दिने गरी पास भएको विधेयक अहिलेकै अवस्थामा स्वीकार्य नहुनेसमेत बताएका छन् ।

तस्विर : गुगल

२०७५ माघ १८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्