१८ माघ । सरकारको नीति सहि भएको प्रधानमन्त्रीले बताएका छन् । उनले भने 'सरकारले सही बाटो र सही नीति लिएको छ ।'
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का सांसदहरुसँग आज बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले कुनै पनि बिषयलाई राम्रोसँग अध्ययन गरेर संसदमा प्रस्तुत हुन समेत सांसदहरुलाई आग्रह गरे । पार्टीको नीति र विधिभित्र रहेर आफ्ना कुरा राख्न प्रधानमन्त्री ओलीले सांसदहरु लाई सम्झाएका छन् ।
“पार्टीको एकता प्रक्रिया टुंगोमा नपुग्दा केही अन्यौल भएको छ तर अब चाँडै यो प्रक्रियाले अन्तिम रुप लिन्छ” प्रधानमन्त्री ओलीले भने “त्यसपछि पार्टीका नीति निर्देशन, स्थानीय तहमा पुग्छन् । त्यसपछि स्थानीय तह हरुलाई निर्देशित गर्न पनि सजिलो हुन्छ ।”
प्रधानमन्त्रीले समय मिलाएर संसदीय दलको बैठक नियमित राखिने, संसदहरुलाई विभिन्न बिषयमा प्रशिक्षित गरिने समेत बताए । प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई सांसदहरु सँग घनिष्ट सम्बन्ध राख्न समेत आग्रह गरे । “कतिपय अवस्थामा मन्त्रीहरु सिधै जनता सँग जोडिन सकेका हुदैनन्, त्यसका लागि सांसदहरु मार्फत मन्त्रीहरुले जनताका कुरा सुन्ने र आफ्ना कुरा जनताा पठाउने हो ”प्रधानमन्त्री ओलीले भने ।
प्रतिकृया दिनुहोस्