Birendranagar Municipality

नेपाललाई क्रिकेटमा नयाँ सफलता, यूएईलाई १४ रनले हरायो

सेरोफेरो/काठमाडौं
नेपाललाई क्रिकेटमा नयाँ सफलता, यूएईलाई १४ रनले हरायो

२० माघ । नेपालले यूएईविरुद्धको एकदिवशीय संगै टीट्वेन्टी क्रिकेट शृंखला पनि हात पारेको छ। एकदिवशीय र टीट्वेन्टी दुवैमा नेपालले पहिलोपटक शृ‌ंखला हात पारेको हो ।

 

टीट्वेन्टी शृंखला अन्तर्गत आज भएको तेस्रो तथा निर्णायक खेलमा १४ रनको जित हात पार्दै नेपालले शृंखला २(१ ले जितेको छ। नेपालले यसअघि तीन खेलको एकदिवशीय शृंखला पनि जितेको थियो।

 

वर्षाका कारण १० ओभरमा घटाईएको खेलमा यूएईले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेसँगै नेपालले यूएई लाई एक सय ५ रनको लक्ष्य दिएको थियो नेपालका तर्फबाट कप्तान पारस खड्काले १४ बलमा एक छक्का र चार चौकासहित २९ रन जोडे सन्दीप जोराले ११ बलमा ३ छक्कासहित २८ रन बनाए । विनोद भन्डारीले १३ बलमा १ छक्का र २ चौकासहित २१ रन जोडे। करन केसीले पाँच बलमा एक छक्कासहित १० रन बनाएका थिए।


निर्धारित १० ओभरमा यूएईले ८ विकेट गुमाएर मात्र ९० रन जोड्न सक्यो यूएईका साइमन अनवरले ३० र घुलाम सब्बरले २५ रन जोडे। नेपालका करन केसी, ललित राजबंशी र अविनाश बोहोराले दुई दुई विकेट लिए। सन्दीप लामिछाने र सोमपाल कामीले एक एक विकेट लिए।

२०७५ माघ २० मा प्रकाशित

प्रतिकृया दिनुहोस्