Birendranagar Municipality

रुकुम पूर्वको सदरमुकाम विवाद चर्कियो, रुकुमकोटमा निषेधाज्ञा जारी

मनिषा केसी/रुकुम
रुकुम पूर्वको सदरमुकाम विवाद चर्कियो, रुकुमकोटमा निषेधाज्ञा जारी

२१, माघ । रुकुम पूर्वको सदरमुकाम विवादले ठूलो रुप लिएपछि जिल्ला प्रशासन कार्यालयले आइतबार साँझदेखि निषेधाज्ञा आदेश जारी गरेको छ ।

 

जिल्ला प्रशासनले गोलखाडाका स्थानीयले रुकुमकोटमा जबरजस्ती प्रदर्शन गर्ने तयारी गरेपछि शान्ति सुरक्षा कायम गर्न भन्दै आइतबार साँझ ७ बजेदेखि अनिश्चितकालका लागि कफ्र्यू आदेश जारी गरिएको हो ।


आन्दोलनका कुनैपनि कार्यक्रम नगर्न अनुरोध गरिएपनि कार्यक्रम जारी राख्ने देखिएपछि घटनाक्रम जटिलतातर्फ जान नदिई शान्ति सुरक्षा कामय गर्न स्थानीय प्रशासन ऐन २०२८ को दफा ९६ को उपदफा ९३ अनुसार आइतबार साँझ ७ बजेदेखि लागू हुनेगरी अर्को आदेश नभएसम्मका लागि चार किल्ला तोकेर निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिए ।


जिल्ला प्रशासनले पूर्वमा सिस्ने गाउँपालिका ५ धौलापैरा खोला, पश्चिममा सिस्ने गाउँपालिका ५ रानीकोट, उत्तरमा सिस्ने गाउँपालिका ६ रुकुमगाड हुँदै धाउनेसम्म र दक्षिणमा सिस्ने ५ रुमालबारा हुँदै सहिदपार्कसम्म निषेधाज्ञा आदेश जारी गरेको हो । चार किल्लामा कुनै किसिमको विरोध प्रदर्शन, सभा जुलुस र भेला गर्न गराउन निषेध गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।

२०७५ माघ २१ मा प्रकाशित

प्रतिकृया दिनुहोस्