Birendranagar Municipality

जातीय छुवाछुतले डेरी उद्योग बन्द

बिरा तिरुवा /कालिकोट
जातीय छुवाछुतले डेरी उद्योग बन्द

२१ माघ । खाँडाचक्र नगरपालिका १ मान्मबजारमा रहेको जिल्लाकै एक मात्र हिमचुली डेरी उद्योग जातीय छुवाछुतका कारण बन्द भएको छ । डेरीमा दलितहरुको घरवाट दुध आउने गरेको भन्दै गैर दलितहरुले दुध किन्न छोडेपछि उद्योग नै बन्द भएको हो ।


दलितका घरको दुध डेरिमा ल्याउन थालेपछि गैर दलितको दुधसँग मिसिएर छुवाछुत भई गाई भैसिहरुले दुध दिन छाड्ने भन्दै क्षेत्री, बाहुन र ठकुरीहरुले दुधल्याउन छाडेको र दलितको दुध गैर दलितहरुले खरिद नगरे पछि डेरी बन्द गर्नु परेको हिमचुली डेरी उद्योघका सञ्चालक जगेन्द्र आचार्यले बताए ।


अहिलेको अवस्थामा पनि जातीय छुवाछुतका कारण डेरी बन्द हुनु दुखद रहेको खाँडाचक्र नगरपालिका ४ का अध्यक्ष धनसिंह कामीको भनाई छ । जातीय विभेद गर्नेहरुलाई कानूनअनुसार कार्वाही हुनु पर्ने उनको माग छ ।


आर्थिक रुपमा विपन्न अवस्थामा रहेका दलित समुदाय यस्तै अप्रत्यक्ष र प्रत्यक्ष विभेदका कारणले पछाडी परेको कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रवहादुर कार्की बताउँछन ।


कालिकोट जिल्लामा जातीय छुवाछुतकै कारण हाल जिल्लामा दलित समुदायद्धारा सञ्चालित एउटा पनि होटेल छैन् । एक दुइजनाले सुरु गरेका होटल र मासु पसल पनि छुवाछुतका कारण बन्द भएको सरोकारवालाको भनाई छ ।

२०७५ माघ २१ मा प्रकाशित

प्रतिकृया दिनुहोस्