फाइल फोटो
सेरोफेरो
१७ जेठ काठमाडौं । सरकारले स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मिति फेरि सार्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले असार १४ गते दोस्रो चरणको चुनाव गर्ने निर्णय गरेको हो ।
मुस्लिम समुदायहरुको रमजान पर्वको विचमा चुनाव राखिएको भन्दै मुस्लिम समुदायबाट विरोध भएपछि पुन निर्वाचनको मिति सारिएको हो । राजपालाइ समेत निर्वाचनमा सहभागी गराउदे भन्दै जेठ ३१ गते तोकिएको चुनावको तिथि सोमवारको मन्त्रिपरिषदको बैठकवाट असार ९ मा सारिएको थियो ।
बैशाख ३१ मा सम्पन्न पहिलो चरणको स्थानीय निर्वाचन अन्तर्गत ३, ४ र ६ नम्बर मा मतदान भइसकेको छ भने भरतपुरको मतपरिणाम मतपत्र च्यादिएको भन्दै आउन सकेको छैन ।
दोस्रो चरण अन्तर्गत प्रदेश नम्बर १, २, ५ र ७ मा निर्वाचन हुन बाँकी छ । आजको मन्त्रिपरिषद् बैठकले श्रीलङ्काका बाढी पीडितका लागि ५० हजार अमेरिकी डलर सहयोग गर्ने समेत निर्णय गरेको छ ।
प्रतिकृया दिनुहोस्