Birendranagar Municipality

हिम पहिरोले थुनियो कर्णाली नदी

रत्न भण्डारी/हुम्ला

२५ माघ । शुक्रबार भएको भारी हिमपात पछि खसेको हिम पहिरोका कारण हुम्ला कर्णाली नदी रोकिएको छ । हुम्लाको नाम्खा गाउँपालिका ६ स्थित लिमीमा पहिरो खसेर नदी बन्द भएको हुनसक्ने प्रहरीले जनाएको छ । 


लिमी भ्यालीबाट तुम्कोटतर्फ आउने कर्णाली नदी तुम्कोट नआएको प्रहरी नायब उपरीक्षक रबिन कुमार श्रेष्ठले बताए । उनले भने, 'बाक्लो हिमपातको कारण कहाँनेर पहिरो गएको हो भन्न सकिएको छैन । तर कर्णाली नदी तुम्कोटमा बगेको छैन ।'

 

प्रहरीका अनुसार तुम्कोट भएर आउने लिमी कर्णाली नदीबाट पानी नै नआएको र सिमकोट नजिकको धारापोरीमा पनि दुई फिट पानी घटेको छ ।

 

हिम पहिरोको कारण नदी रोकिए पछि जिल्ला सुरक्षा समितिको बैठक बसेको छ । यसबाट हुन सक्ने क्षतीबाट जोगिन नदी किनाराका सबैलाई सचेत गराईएको श्रेष्ठले सेरोफेरोलाई बताए ।

२०७५ माघ २५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्