२७ माघ । अघिल्लो पटक परेको हिउँ नबिलाउँदै पूनः ३ दिनसम्म लगातार भएको हिमपातले साढे दुई फिट हिउँ बाटोमा जमेपछि हुम्लामा मलामी जानसमेत सकस भएको छ ।
शनिबार राती ९ बजे मृत्यु भएकी सिमकोट गाउँपालिका ५ का ७० बर्षीय लालसरा रोकायाको लाश हिउँका कारण कर्णाली किनारसम्म लैजान नसक्दा अन्तिम संस्कार प्रभावित हुन पुगेको हो ।
स्थानीय युवाहरुले शनिबारै हिउँ पन्छाएर बाटो बनाए पनि बिहान लास लैजाने बेला बरफ जमेको कारण बाटोमा हिड्नै समस्या भएको मलामी रुपेन्द्र रोकायाले बताए ।
बरफमा हिंड्दा चिप्लो भएर लड्ने संभावना हुन्छ । उनका अनुसार लास बोक्ने दुई जनालाई अरु आठ जनाले दाँयाबाँया समाउनु परेको थियो ।
हिउँका कारण २ घण्टाको बााटो हिंड्न ४ घण्टा लागेको रावतले जानकारी दिए । अध्याधिक चिसोका कारण कृयापुत्रीहरुले समेत कठिनाई झेल्नुपरेको छ ।
प्रतिकृया दिनुहोस्