तस्विर : थाहाखवर
सेरोफेरो
१७ जेठ काठमाडौं । काठमाडौं महानगरपालिकामा नवनिर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यहरुले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रिय सभागृहमा आयोजना गरिएको विशेष सारोहमा उनिहरुले सपथ लिएका हुन् ।
मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले महानगरका प्रमुख विद्यासुन्दर शाक्य, उप-प्रमुख हरिप्रभा खड्गी र ३२ वटा वडाका अध्यक्षहरुलाइ पद तथा गोपनीयताको सपथ खुवाएका हुन् ।
निर्वाचित सम्पुर्ण वडा सदस्यहरुलाइ मेयर विद्यासुन्दर शाक्यले सपथ खुवाएका छन् । उनिहरुले नेपाली र नेपाल दुवै भाषामा सपथ खाएका थिए । प्रमुख र उप प्रमुखले आजै पदभार ग्रहण गर्ने कार्यक्रम रहेको काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत इश्वरीराज पौडेलले सेरोफेरोलाइ जानकारी दिए ।
प्रतिकृया दिनुहोस्