२९ माघ । कारागारलाई किताब अभियानले आफूहरुरको जीवन बदल्ने सुर्खेत कारागारका कैदीबन्दीहरुले बताएका छन् ।
मंगलबार कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी तथा कारागारलाई किताब अभियानका संयोजक महेश बिक्रम शाहको नेतृत्वमा कारागार कार्यालय सुर्खेतमा अनुगमनका लागी गएको टोलीसंग उनीहरुले यस्तो बताएका हुन् ।
कारागारलाई किताब अभियान समिति तथा जिल्ला प्रशासन कार्यालयका प्रमुख वीरेन्द्रकुमार यादब, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिब तोयानारायण सुवेदी तथा कारागार कार्यालय सुर्खेतका निमित्त जेलर जंगबहादुर थापा सहितको टोलीले कारागार कार्यालय सुर्खेतको अनुगमन गरी तथा छलफल गरेको छ ।
अन्र्तरक्रिया कार्यक्रममा कैदिबन्दिहरुले आंफुहरुलाई खेलकुद मैदान र सुत्ने ठांउको व्यवस्था तथा शौचालय को राम्रो व्यवस्था गरिदिनको लागी माग गरेका समेत छन् ।
उनीहरुले कारागारलाई किताब अभियान एकदमै राम्रो भएको र यसले आंफुहरुलाई थप समाजमा स्थापित हुनका लागी यो अभियानले सहयोग गर्ने बताए । यो अभियान नेपालमै नमुना भएको र यसले अन्य प्रदेशका कारागारालाई पनि सिक्ने अवसर प्रदान गर्ने उनीहरुले बताएका छन् । आंफुहरुको जिबन बदल्नका लागी कारागारलाई किताब अभियानले सघाउ पुग्ने उनीहरुको भनाई रहेको थियो ।
आगामी चैत्र २ गते शनिबारका दिन कर्णाली प्रदेशका १० वटै जिल्ला कारागारमा एकैसाथ स्थापना हुने पुस्तकालयलाई व्यवस्थित रुपमा सञ्चालन गर्नको लागी कारागारमा बुक क्लब गठन गर्नुपर्ने प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी तथा कारागारलाई किताब अभियानका संयोजक महेशबिक्रम शाहले बताएका छन् ।
उनले भने ‘ कारागारका बन्दिहरुको अर्को संसार कहां छ त्यो संसार किताबमा छ भन्ने मुल नाराका साथ कर्णालीमा सञ्चालन भएको यो अभियानलाइ सार्थकता दिनको लागी कारागारमा बुक क्लब गठन गर्नुपर्दछ ।’
हामीले फाल्गुन १२ गते कर्णालीका १० वटै जिल्ला कारागारमा पुस्तकालय स्थापना गर्ने भनेपनि त्यो मिती विशेष कारण बस चैत्र २ गते सरेको छ ।’ त्यो अवधि सम्म करिब ६ हजारको हाराहारीमा हामीले किताब संकलन गर्नेछौं ।
उनले थपे ‘हामीहरुले हालसम्म प्रदेशभर ५ हजार किताब संकलन गरिसकेको छौं । धेरै स्थानिय तह तथा संघसंस्थाहरुले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।’ ५० कैदिबन्दिको क्षमता भएको कारागार कार्यालय सुर्खेतमा करिब २ सय ५० कैदिबन्दि बस्दै आएका छन् । उनीहरुका लागी केहि टेन्ट समेत सहयोग गर्ने प्रतिवद्धता डिआईजी शाहले व्यक्त गरेका छन् ।
कैदिबन्दिहरु पनि समाजका नागरिक भएकोले उनीहरुबाट भुलचुकमा भएको पहिलो पटकको गल्तीलाई सुधार गरी समाजमा स्थापित हुने वाताबरणको सिर्जना समेत गर्नुपर्ने शाहको भनाई रहेको थियो ।
अनुगमनका क्रममा जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख विरेन्द्रकुमार यादबले कारागारका कैदिबन्दिहरुलाई न्योचित ढंगले न्यान दिनका लागी आंफु प्रतिवद्ध भएको बताए । उनले ‘ कैदिबन्दिहरुले योगाको माग गरेकोले आगामी फाल्गुन ५ गते देखी योगा सञ्चालनमा ल्याईने बताए ।
आन्तरिक मामीला तथा कानुन मन्त्रालयका सचिब तोयानारायण सुवेदिले मन्त्रालयले कारागारका भौतिक पुर्वाधारको लागी करिब २२ लाख बजेट छुट्याएको र त्यो बजेटको काम थालनी भईसकेको बताए ।
कारागार कार्यालय सुर्खेतका निमित्त जेलर जंगबहादुर थापाले क्षमता भन्दा बढि कैदिबन्दि राख्नुपर्ने बाध्यता सुर्खेत कारागारको भएकोले आंफुहरुलाई समस्या भएको बताएका छन् । हाल कारागार कार्यालय सुर्खेतमा २१ महिला र २ सय १७ पुरुष गरी २ सय ३८ जना कैदिबन्दि रहेको छन् । ५० जनाको क्षमता भएको सुर्खेत कारागारको सबैभन्दा ठुलो समस्या भौतिक संरचनाको भएको कार्यालयले बताएको छ ।
प्रतिकृया दिनुहोस्