१ फागुन । आफ्नो स्वतन्त्रता माग गर्दा अरुको अधिकारको पनि ख्याल गर्नुपर्ने सुचना तथा संञ्चार मन्त्री गोकुल बास्कोटाले बताएका छन् । बुधबार सामुदायिक रेडियो प्रसारक संघको रेडियो राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । मिडिया सत्यपरक हुनुपर्दछ ।
उनले भने ‘मिडिया शक्तिशाली हुन्छ र मिडियाले बास्तबिकता बाहिर ल्याउने स्वतन्त्रता पनि छ । तर आफ्नो अधिकार प्रयोग गर्ने क्रममा अरुको अधिकारको पनि ख्याल गर्न सक्नुपर्दछ ।’ देशभरका सामुदायिक रेडियोहरु न्युनतम् पारिश्रमीक नतोकेको भएर बन्द हुने अबस्थामा छन् भन्ने हल्ला मात्र हो । उनले थपे‘ सामुदायिक रेडियोहरुले न्युनतम् पारिश्रमीक लागु गर्नुपर्दछ । त्यो अनिबार्य हुन्छ ।’
त्यस्तै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहिले संचारको विकासले नै ठुला ठुला युद्धमा समेत जित भएकोले मिडियाको भुमीका हरेक विकास निर्माण र सफलतामा भएको बताए । उनले भने ‘देशभरका सामुदायिक रेडियोहरुले देशमा ठुला परिवर्तन ल्याउने कुरामा अहम् भुमीका खेलेका छन् । त्यसलाई सरकारले भुल्नु हुंदैन ।’
कार्यक्रमा बौल्दै नेकपाका नेता योगेश भट्टराईले जनताले चाहेअनुरुपको विकास विस्तारै हुने बताए । उनले भने ‘देश अहिले नेकपा मय भएकोमा प्रतिपक्षी आत्तिनुपर्दैन । देशबिकास गर्नकै लागी कम्न्युष्टको सरकार आएको हो । यसले देशका मिडियालाई समेत मिलाएर अगाडि बढ्नेछ । ’ सम्मेलन तिनदिनसम्म चल्नेछ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सञ्चालन भएको सम्मेलनमा देशभरका ३ सय ५० सामुदायीक रेडियोकर्मीहरुको सहभागीता रहेको छ । सम्मेलनमा सामुदायिक रेडियोहरुको अबस्था र चुनौतीहरुको विषयमा पनि छलफलन हुने र पछिल्लो समय बनेका रेडियो बिरोधि निती तथा कानुनका विषयमा पनि छलफल भई आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुने अकोराब कर्णाली प्रदेशका अध्यक्ष रमेश गौतमले बताए ।
प्रतिकृया दिनुहोस्