Birendranagar Municipality

खेलकुद कर्णालीको चिनारी हुनेछ : मुख्यमन्त्री शाही

सेरोफेरो/सुर्खेत
खेलकुद कर्णालीको चिनारी हुनेछ : मुख्यमन्त्री शाही

१ फागुन । खेलकुद कर्णालीको चिनारी हुने कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन् । बुधबारदेखी कर्णाली प्रदेशको राजधानी सुर्खेतमा शुरु भएको प्रथम मुख्यमन्त्री रनिङ्गशिल्डको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

 

उनले भने ‘अन्य प्राकृतिक सम्पदा र संस्कृतिले सम्पन्न रहेको यस प्रदेशलाई खेलकुदका माध्यमबाट पनि चिनाउनुपर्छ । अब कर्णालीको अर्को चिनारी खेलकुद पनि हुनेछ ।’ उनले थपे‘अब कर्णालीले खेलकुदका माध्यमबाट प्रतिस्पर्धामा उत्रिएर विश्वलाई जित्ने अपेक्षा राखेका छौ । खेलको माध्यमबाट कर्णालीलाई चिनाउने अभियान थाल्नेछौ ।’


उद्घाटन कार्यक्रममा बोल्दै कर्णालीका सभामुख राजबहादुर शाहीले समाजलाई एकताबद्ध गराउन खेलकुद महत्वपूर्ण विधा भएको बताएका छन् । उनले भने ‘आधुनिक युगमा विश्वमा कुटनीतिको माध्यमको रुपमा खेलकुद विधालाई लिन सकिन्छ । जसले समाजमा पनि बहुआयामिक प्रभाव पार्छ । ’शारिरीक स्वस्थताका लागी पनि खेलकुद आवश्यक रहेको सभामुख शाहिले बताए ।

 

सामाजिक विकास मन्त्री दल रावलले यस क्षेत्रमा खेलकुदको विकासको लागि कर्णाली सरकारले विभिन्न कार्यक्रमहरु ल्याएको बताए । आंफुहरुले खेलकुदको पूर्वाधार विकासको लागि बजेट विनियोजन गर्नुको साथै हिमाली जिल्लाहरुमा पनि खेलकुदको लागि कार्यक्रमको योजना बनाएको जानकारी दिए । प्रतियोगीतामा कर्णालीका दशवटै जिल्लाका भलिबल महिला तथा पुरुष खेलाडिहरुको सहभागीता रहेको छ ।

 

२०७५ फागुन १ मा प्रकाशित

प्रतिकृया दिनुहोस्