फाइल फोटो
सेरोफेरो
१७ जेठ काठमाडौं । मधेसी दलहरुको गठबन्धन सहितको राष्ट्रिय जनता पार्टीले आम हड्तालसहितका आन्दोलनका कार्यक्रम फिर्ता गरेको छ । आज बसेको बैठकले सो निर्णय गरेको हो । राजपाका अध्यक्ष मण्डलको बैठक बसिरहेको छ भने संघीय गठवन्धनको बैठक पनि बोलाइएको छ ।
राजपाका नेता मनिष सुमनले १७, १८ र १९ को आन्दोलन स्थगित गरिएको जानकारी गराए । उनले भने अझै निर्वाचनको वातावरण तयार भएको छैन, सरकारले उपयुक्त वातावरण तयार गरे निर्वाचनमा जान सकिने संकेत गरे । गठवन्धनले आज मसाल जुलुस प्रदर्शन गर्ने र भोलि र पर्सि तराई मधेसमा आमहड्ताल गर्ने घोषणा गरेको थियो ।
राजपालाइ निर्वाचनमा सहभागी गराउन भन्दै सरकारले दुइपटक निर्वाचनको मिति सार्ने निर्णय गरेको थियो ।
राजपाले भने असार १४ मा हुने स्थानिय तहको चुनावमा सहभागी हुने प्रतिवद्धता जनाइसकेको छैन ।
प्रतिकृया दिनुहोस्