Birendranagar Municipality

कर्णालीका पातलो बसोबासलाई एकीकृत बस्तीको रुपमा विकास गरिनेछ : प्रधानमन्त्री ओली

सेरोफेरो/काठमाडौं
कर्णालीका पातलो बसोबासलाई एकीकृत बस्तीको रुपमा विकास गरिनेछ : प्रधानमन्त्री ओली

४ फागनु । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीमा रहेको पातलो बसोबासलाई एकीकृत बस्तीको रुपमा विकास गरिने बताएका छन् ।

 

“पातला बस्तीमा भौतिक सुविधा पुर्‍याउन सकिँदैन, त्यसैले यस्ता बस्तीलाइ स्थानान्तरण गरेर एकीकृत बस्तीको रुपमा विकास गरेर सबै विद्यालय, सडक, स्वास्थ्यचौकी, यातायात, खानेपानी जस्ता आधारभुत सुबिधाहरु सबैलाई उपलब्ध गराइनेछ” प्रधानमन्त्री ओलीले भने “त्यसपछि कर्णालीको परिचय बदलिनेछ । कर्णाली सुगम हुनेछ ।”


डोल्पो समाजले आज आयोजना गरेको ल्होसार पर्वको साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले विकासका पूर्वाधार पुर्‍याएर डोल्पालाई सरकारले सुगम बनाउने बताएका छन् ।

 

प्रधानमन्त्री ओलीले सुर्खेतको छिन्छु देखि डोल्पाको त्रिपुरासुन्दरीसम्मको सडकको स्तरोन्ती गरिने र डोल्पामा बाह्रै महिना यातायात सञ्चालन गरिने सो अवसरमा बताए । “डोल्पा मात्र होइन कर्णालीका सबै जिल्लाका विमानस्थलहरुको पनि स्तरोन्नती गरेर कर्णालीलाई सुगम बनाइनेछ ” प्रधानमन्त्री ओलीले भने ।

२०७५ फागुन ४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्