Birendranagar Municipality

डडेलधुरा पुगेर प्रधानमन्त्री ओलीले के भने?

सेरोफेरो
डडेलधुरा पुगेर प्रधानमन्त्री ओलीले के भने?

७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासको जिम्मा आफूले लिने बताएका छन् । 

 

डडेलधुराको स्याउलेमा नेपाल विद्युत प्राधिकरणको स्याउले १२३/३३/११ केभीको सबस्टेसनको उद्घाटन गर्दै ओलीले भने, 'तपाईंहरुका आवश्यकता जनप्रतिनिधि मार्फत् पठाउनुहोस । पूरा गर्ने जिम्मा मेरो भयो ।'


उनले पश्चिम सेती परियोजना पनि छिट्टै शुरु हुने बताए । उनले महाकाली नदीमा रहेका तुइन विस्थापन गर्न एकतर्फी रुपमा समस्या भएकोले भारतको उतराखण्डका मुख्यमन्त्री र प्रदेश प्रमुखसँग छलफल गरेको पनि जानकारी दिए ।


उक्त अवसरमा प्रधानमन्त्री ओलीले डडेलधुराको तुफानडाँडाबाट पर्शुराम नगरपालिका हुँदै कञ्चनपुर जोड्ने सडक निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाउने प्रतिवद्धता समेत जनाएका छन् ।

 

२०७५ फागुन ७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्