फाइल फोटो
सेरोफेरो
१७ जेठ काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयद्धारा लिइने कक्षा ११ को बार्षिक परिक्षा पुन सारिएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरद्वारा बुधवार सार्वजनिक गरिएको सुचनामा मिति २०७४ असार ८ देखि १८ सम्म संचालन गरिने परिक्षा २०७४ असार १ देखि १० सम्म संचालन हुने भएको छ ।
कक्षा ११ को साधारण (संगीत र संस्कृत विषय समूह समेत) तथा प्राविधिक विषय समूह तर्फका नियमित एवं आंशिक परीक्षार्थीहरूको वार्षिक परीक्षाको समय तालिका सार्वजनिक गरिएको छ ।
बोर्डको निर्णयानुसार मिति २०७४/०३/०८ बाट संचालन गर्ने गरी सूचना प्रकाशित गरिएकोमा मिति २०७४/०३/१४ गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर पुर्वनिर्धारीत मिति भन्दा अगाडी सारिएको बताइएको छ ।
परिक्षा बिहान ७ः०० बजेदेखि १०ः०० बजेसम्म संचालन हुने परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ ।
परिक्षाको बिस्तृत समयतालिका को लागि तल हेर्नुहोस् ।
प्रतिकृया दिनुहोस्