८ फागुन । नयाँ शक्ति नेपालका संयोजक एवं पुर्वप्रधानमन्त्री डाक्टर बाबुराम भटराइले एक बर्षको अवधिमा सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको बताएका छन् ।
मेचीमहाकाली अभियान अन्र्तगत रुकुम पश्चिममा पुगेका पुर्वप्रधानमन्त्री डाक्टर भटराइले बुधवार पत्रकार भेटघाट कार्यक्रममा अझै ४ बर्ष बाँकी रहेकोले यो अवधिमा जनतासँग गरेका बाचा पुरा गर्न सरकारलाई सुझाव समेत दिए । जनतासँग गरेका बाचा अनुसार काम गर्नुको सट्टा सरकार साना साना कुरा अल्मलिएको पनि उनले आरोप लगाए ।
एक बर्षको अवधिमा गर्न सक्ने काम पनि सरकारले गर्न नसकेको भटराईको टिप्पणी छ । नेताहरूले देशलाई आर्थिक विकास समृद्धिमा लिनुको साटो भ्रष्टिकरण र फोहरीकरण गरिरहेको भट्टराईको भनाई छ । उनले भने ‘यो बेला आर्थिक विकास र समृद्धिको एजेन्डा सहित अघि बढ्नुपर्ने बेला हो । तर राजनीतिमा भ्रष्टीकरण बढ्यो, विकास र समृद्धिलाई नचिन्दा जनताले दुस्ख पाइरहेको अवस्था कायमै छ ।’
पुर्वप्रधानमन्त्री भटराइले अधिकांश सर्वसाधारण जनताको जीवन स्तर पुरानै भएकाले विकासलाई पहिलो प्राथमिकतामा राखेर त्यसलाई गति दिनुपर्नेमा जोड दिए । भ्रष्टाचारका धेरै प्रमाण बाहिर आइसक्दा पनि सरकार त्यसप्रति चुप रहनुले सरकारले केही गर्न खोजेको छैन भन्ने पुष्टि हुने उनको धारणा थियो ।
रुकुममा पुगेर उनले नागरिक समाज, शिक्षक, बिद्यार्थी एवं सर्वसाधारणसँग अन्तरसंवाद समेत गरेका थिए ।
(पत्रकार धनबिर दाहालको सहयोगमा)
प्रतिकृया दिनुहोस्