१० फागुन । बारम्वार कम्युनिष्ट भनेर जोडिनु राम्रो नभएको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले बताएका छन् । जनताले यही सरकार रोजेकोले धावा बोल्ने काम नगर्न पनि मन्त्री बास्कोटाले अनुरोध गरेका छन् । सूचना प्रविधि सम्वन्धी विद्येयक २०७५ माथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिदै सो कुरा बताएका हुन् ।
सामाजिक संञ्जालहरु प्रयोगकर्ताले नभई संचालन गर्ने कम्पनीले नेपालमा अनिवार्य रुपमा दर्ता हुनुपर्ने मन्त्री बास्कोटाले बताएका छन् । नभएको कुरालाई हो जस्तो गरेर समय खेर नफाल्दा हुन्छ मन्त्री बास्कोटाले भने । मन्त्री बास्कोटाले भने 'सधै दुईवटा जुम्लीहा शब्द प्रयोग गरेको पाईन्छ, एउटा दम्भ र अधिनायकवाद, स्वतन्त्रको सिमा हुदैन तर मर्यादाको सीमा हुन्छ त्यो नाघ्नु हुदैन' ।
मन्त्रीले सामाजिक सञ्जालका कारणले केहि व्यक्तिहरु आत्महत्या गर्न सक्ने अवस्थामा पुगेको बताए । मन्त्री बास्कोटाले यो विद्येयकले प्रेस स्वतन्त्रतालाई कुन्ठीत गर्न नखोजेको प्रष्ट पारे । उनले भने ‘प्रेस मेन स्ट्रिम जर्नलिजम भित्र पर्छ । सामाजिक सञ्जाल नागरिक अधिकारभित्र पर्छ’ ।
प्रतिकृया दिनुहोस्