सेरोफेरो
१७ जेठ सुर्खेत । श्रमजीवी पत्रकार सम्बन्धी ऐन कार्यान्वयनको अवस्था विषयक प्रदेश नं ६ स्तरिय अन्तरक्रिया कार्यक्रम वीरेन्द्रनगरमा सम्पन्न भएको छ । न्युनतम पारिश्रमिक निर्धारण समितिको आयोजनामा सम्पन्न कार्यक्रममा प्रदेश नं ६ को श्रमजिवी पत्रकारहरुका विभिन्न सवालहरुमा पत्रकारहरुले आफ्ना धारणा राखेका थिए ।
प्रदेश नं ६ का विभिन्न जिल्लाहरुका पत्रकारहरुको सहभागीता रहेको सो कार्यक्रममा पत्रकारहरुको पारिश्रमिक ऐन अनुसार हुनपर्नेमा जोड दिएका थिए । कार्यक्रममा पत्रकार महासंघ शाखा सुर्खेतका पुर्व अध्यक्षहरु कमलेश डिसी र श्रीधर पौडेलले धारणा राखेका थिए ।
कार्यक्रममा बोल्दै न्युनतम पारिश्रमीक निर्धारण समितिका अध्यक्ष पोषण केसीले पत्रकारहरुको भौतीक एवम् आर्थिक सुरक्षाको विषय प्रमुख रहेको बताउदै ऐन कार्यन्वयन गर्नुपर्नेमा जोड दिए ।

उक्त कार्यक्रम न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषणा के.सीको प्रमुख आथित्यता र पत्रकार महासंघ शाखा सुर्खेतका अध्यक्ष गणेश कञ्चन भारतीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
प्रतिकृया दिनुहोस्