Birendranagar Municipality

सांसद रावतको पहलमा सुर्खेतका तिन तहलाई विशेष र समपुरक अनुदान प्राप्त

सेरोफेरो
सांसद रावतको पहलमा सुर्खेतका तिन तहलाई विशेष र समपुरक अनुदान प्राप्त

१२ फागुन । सुर्खेतका तिनवाट स्थानीय तहहरुले विशेष र समपुरक अनुदान प्राप्त गरेका छन् ।

 

विभिन्न आयोजना संचालन गर्ने गरी अन्तर सरकारी विक्त ऐन २०७४ तथा समपुरक तथा विशेष अनुदान कार्यविधी २०७५ बमोजिम आर्थिक वर्ष २०७५/७६ को लागी सो रकम विनियोजन भएको सुर्खेत प्रतिनिधी सभा क्षेत्र नं २ का सांसद नवराज रावतले जानकारी दिए ।

 

आफ्नो पहल र स्थानीय तहको माग तथा समन्वयको आधारमा यो अनुदान अर्थमन्त्रालयबाट प्राप्त गर्न सफल भएको सांसद रावतले जनाए ।


जस अन्तरर्गत पञ्चपुरी नगरपालिकाले समपुरक अनुदान तर्फ रु २ करोड ८ लाख १६ हजार तथा विशेष अनुदान तर्फ २ करोड ६३ लाख १ हजार प्राप्त गरेको छ ।

 

यसैगरी चौकुने गाउँपालिकाले समपुरक अनुदान वापत रु १ करोड ७७ लाख ७५ हजार र बराहताल गाउँपालिकाले विशेष अनुदान वापत रु २ करोड ३४ लाख ५० हजार प्राप्त गरेको सांसद रावतले जानकारी दिए ।

 

समपुरक अनुदान प्राप्त गर्ने स्थानिय तहले अनिवार्य रुपमा रुपमा ६० प्रतिशत खर्च व्यहोर्नु पर्नेछ ।

२०७५ फागुन १२ मा प्रकाशित

प्रतिकृया दिनुहोस्