Birendranagar Municipality

बस दुर्घटनामा ९ घाईते

सेरोफेरो/रुकुम
बस दुर्घटनामा ९ घाईते

१२ फागुन । रुकुम पश्चिमको मुसिकोट नगरपालिका –५ सेरीगाउँमा आइतबार दिउँसो यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाईते भएका छन् । रुकुम पूर्वको रुकुमकोटबाट काठमाडौं जाँदै गरेको ना ५ ख ५३८५ नम्बरको बस दुुर्घटना हुँदा घाईते ९ जना मध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

 

दुर्घटनामा परेर गम्भीर घाईते हुनेमा रुकुम पूर्वको सिस्ने गाउँपालिका –५ की ५० बर्षीया ईश्वरकुमारी बोहरा रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताए । घाइते बोहरालाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको बताईएको छ ।

 

गाडीको ब्रेक फेल भएका कारण बस दुर्घटनामा परेको बुझिएको छ । अन्य घाइतेको अवस्था सामान्य भएकोले जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ ।

२०७५ फागुन १२ मा प्रकाशित

प्रतिकृया दिनुहोस्