Birendranagar Municipality

पञ्चपुरी सांस्कृतिक महोत्सवको उद्घाटन

सेरोफेरो
पञ्चपुरी सांस्कृतिक महोत्सवको उद्घाटन

१४ फागुन । पञ्चपुरी सांस्कृतिक महोत्सव २०७५ को उद्घाटन भएको छ । महोत्सबको उद्घाटन कर्णाली प्रदेश सभाका सांसद यज्ञ बहादुर बिसीले गरेका हुन् । महोत्सबको उद्घाट्न गर्दे सांसद बिसीले पश्चिम सुर्खेतमा रहेका विभिन्न पर्यटकीय,सामाजिक सांस्कृतिक भेषभुषा संरक्षण र आर्थीक विकासमा महोत्सवको महत्त्वपूर्ण भुमीका रहने बताएका छन् । 

 

पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र थापाले मेला महोत्सव रमाइलोका लागि मात्र नभइ पश्चिम क्षेत्रका पर्यटकीय क्षेत्रहरुको संरक्षण ,सम्बर्द्धन तथा प्रचारप्रसार हुने बताए । महोत्सव यहि फागुन १४ गते बाट २१ गते सम्म हुने भएको छ । रेडियो डाडादरा एफ एमको आयोजना र वावियाचौर स्पोर्टस् क्लव तथा सिंगारो म्युजिक प्रालिको सह(आयोजनामा महोत्सव सञ्चालन गरिएको हो ।

 

महोत्सव मुल आयोजक समितिका संयोजक बिन्द्र प्रसाद जैशीले पश्चिम सुर्खेतको शान पर्यटन प्रवद्धनमा हाम्रो अभियान भन्ने मुल नारा सहित निकै पछाडि परेको पश्चिम सुर्खेतको प्रवद्धन गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको बताए । उनले महोत्सबमा स्थानीय राजनीतिक दल, जनप्रतिनिधि ,र आम नागरिक लाई सयोग गर्न आग्रह गरेका छन् ।


जिल्ला समन्वय समिति सुर्खेतका संयोजक छविलाल सिग्देलले कर्णाली प्रदेशको राजधानि संगै जोडिएको पश्चिम क्षेत्रको विकास कछुवा गतिमा भैरहेको अवस्थामा पश्चिम क्षेत्रको पर्यटन र अपार संभावनाहरुलाई उजागर गर्न महोत्सबले सहयोग पुग्ने वताए ।

 

करिव ५० लाखको लागतमा सञ्चालन गरिएको महोत्सवमा १ लाख दर्शकको सहभागिता रहने आयोजकको अनुमान रहेको छ ।

२०७५ फागुन १४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्