तस्विर विविसी
सेरोफेरो
१७ जेठ काठमाडौं । अफगानिस्तानको काबुलमा भएको बम विस्फोटनमा परी पाँच नेपाली घाइते भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी आतंककारी कार बम हमलाको निन्दा गर्दे दोषिहरुलाइ कारवाहीको माग गरिएको छ । साथै मृत आत्माको चिर शान्तीको कामना गर्दे घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना समेत गरिएको छ ।

हाल सम्म घाइते नेपालीहरुको नाम प्राप्त भएको छैन । उनीहरु दूताबासमा सुरक्षा गार्डका रुपमा कार्यरत थिए । अफगानिस्तानमा नेपालीहरु सुरक्षा गार्ड लगायतका रोजगारमूलक काममा जाने गरेका छन् । अफगानिस्तानमा गत वर्ष समेत विष्पोटवाट नेपालीहरुले ज्यान गुमाएका थिए ।
अफगानिस्तानमा नेपाली दूताबास नभएको र विगतमा त्यहाँका गतिविधिलाई पाकिस्तानस्थित नेपाली दूताबासले हेर्ने गरेको थियो । हाल दिल्लीस्थित नेपाली दुताबासलाइ अफगानिस्तान हेर्ने जिम्मेवारी दिइएको छ ।
बुधबार बिहान अफगानिस्तानको काबुलस्थित कूटनीतिक नियोगको कार्यालय रहने क्षेत्रमा भएको शक्तिशाली कार बम बिष्फोटमा ८० जनाको मृत्यु भएको थियो भने ३५० जना घाइते भएका छन् ।
प्रतिकृया दिनुहोस्