१४ फागुन । डा. रामकृष्ण तिमिल्सेनाको अदालत भित्र र अदालत बाहिरको बिमोचन भएको छ ।
सर्वोच्चका पूर्व रजिष्ट्रार समेत रहेका तिमिल्सेनाले लेखेको पुस्तकलाई पूर्व राष्ट्रपति डा. रामबरण यादवले बिमोचन गरेका हुन् ।
कार्यक्रममा बोल्दै पूर्व राष्टपति यादवले यो पुस्तक कानुनका विद्यार्थी र अन्य आम मानिसका लागी निकै उपयोगी रहेको बताए ।
कार्यक्रममा सर्वोच्चका पूर्व प्रधानन्याधिसहरु कल्याण श्रेष्ठ, मिनबहादुर रायमाझि, अनुपराज शर्मा लगायतले पुस्तकको बारेमा आफ्ना धारणा राखेका थिए ।
डा. तिमिल्सेना द्वारा लेखित पुस्तकलाई घोस्टराईटरले बजारमा ल्याएको हो । कार्यक्रमा बोल्दै लेखक तिमिल्सेनाले आफुले न्यायलयमा काम गर्दाका बखत भोगेका सिकेका कुराहरुलाई जस्ताको त्यस्तै उजागर गरेको बताए ।
कार्यक्रमको अध्यक्षता डा. सुर्य ढुङ्गेलले गरेका थिए ।
प्रतिकृया दिनुहोस्