१५ फागुन । बुधबार एकाउन्टाबिलिटी ल्याबको आयोजना र तन्नेरी चासो सुर्खेतको समन्वयमा हर स्टोरी स्क्रिनिङ तथा प्यानल डिस्कसन कार्यक्रम विरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ ।
कार्यक्रममा नेपालमा हालको परिस्थितिमा महिलाका समस्या चुनौति र अवसर तथा बास्तविकतामा आधारित ६ वटा सट मुभी देखाएर तिनैमाथि छलफल र बहस तथा समाधानको बाटोमाथि बहस गरिएको छ ।
सम्बन्धित सबैलाइ राखेर समस्या समाधान सम्बन्धि गरिएको यस्तो बहस सुर्खेतमै पहिलोपटक हो । कार्यक्रममा चार जना बहसकर्ताहरु रहेका थिए । वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकाल, मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपप्रध्यापक रेशम विष्ट, पत्रकार तथा महिला अधिकारकर्मी टिका विष्ट र वीरेन्द्रनगर नगरपालिकाका सिनियर अनमि सीता शर्मालाई राखिएको थियो ।
कार्यक्रममा महिला जनप्रतिनिधी, महिला पत्रकार, युवा महिला लगाएत करिब ६५ जना भन्दा बढि को सहभागिता भएको थियो । कार्यक्रममा विदेशिनुपर्ने महिलाको बाध्यता, तेस्रोलिङ्गीप्रतिको समाजको नजर, दलित तथा अन्य समुदायको प्रतिनिधित्वमा प्रश्न, समाजमा विभिन्न रोग लागेका र विभेद हुनुपर्नेको बाध्यता, महिला महिनावारी र गर्भवती हुँदा सामिजिक संस्कारले पारेको असर, महिला जनप्रतिनिधीको बाध्यता र चुनौती लगाएतसंग सम्बन्धित मुभिहरु प्रदर्शन गरेर तिनको कारण तथा समाधानमा के गर्नुपर्छ र के गर्न सकिन्छ भन्नेबारे बहस भएको छ ।
कार्यक्रममा बोल्दै विरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले परम्परागत कुप्रथा र कुसंस्कार हामिले चाहेर पनि रोक्न नसकेको बताएकी छन् । उपप्रमुख ढकालले हामी हाम्रा महिला जनप्रतिनिधिहरुलाई सबैले सहयोग गर्नुपर्ने र त्यसपछि सफलता र सम्मृद्धि हासिल गर्न सकिने बताएकि छिन ।
जनप्रतिनिधी महिलाहरुले अझैपनि गृहणी र जनप्रतिनिधी दोहोरो जिम्मेवारी पुरा गर्नुपरेको बाध्यता रहेको ढकालले बताइन । सबैले स्वदेशमै श्रम गर्ने बाताबरण सिर्जना गर्न सके महिलाहरुलाई सहज हुने बताईन । साथै फरक प्रसंगमा उपप्रमुख ढकालले जनप्रतिनिधीले भौतिक काम नभइ कानुन निर्माण गर्नुपर्ने मुख्य कुरा भएको दावि गरिन ।
यस्तै कार्यक्रममा बोल्दै महिला पत्रकार तथा महिला अधिकार कर्मी टिका विष्टले सबैले आआफ्नो क्षेत्रमा सहज प्रतिनिधित्व गर्नुपर्ने बताएकि छन । विष्टले महिला तथा दलितको जुन रुपमा प्रतिनिधित्व हुनुपर्ने हो त्यो नभएको बताएकि छन ।
कार्यक्रममा प्रदर्शन गरिएको महिला जनप्रतिनिधीले आफु निर्वाचनमा जान श्रिमानले गालि गरेको र नाम राखिदिएर चुनाव जितिसकेपछी बल्ल थाहा पाएको भिडियोमाथि बहस गर्दै विष्टले आरक्षणले सुनिच्श्तितता गरेकोले मात्रै यो समंभव भएको र यस्तो समस्यामा रहेका महिलालाइ सबैको सहयोगमा नेतृत्व गर्न सक्षम बनाउन सकिने जिकिर गरिन । हामिले भान्सादेखी नितिनिर्माण गर्दासम्म पुग्नुपर्ने ?त्यो हामिलाइ सहज छैन, विष्टले भनिन ।
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका सिनिएर अनमी सिता शर्माले कार्यक्रममा प्रदर्शन गरिएको गर्भवती भएकि महिलालाई कर्मचारी नराखिएको भिडियोको बारेमा बोल्दै त्यो प्रर्कयामा महिला नै हुन्थ्यो भने पिडा बुझ्न सक्ने बताइन् ।
प्रतिकृया दिनुहोस्