१६ फागुन । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको पोष्टमार्टम केहि ढिला हुने भएको छ ।
जसका कारण आज हुने भनिएको श्रद्धाञ्जली सभा शुक्रबार बिहान ८ बजेका लागी सारीएको छ । डि.एन.ए पहिचानका कारण केहि समय लाग्ने र श्रद्धाञ्जली सभा भोली बिहान हुने नेकपाका नेता अस्टलक्ष्मि शाक्यले जानकारी दिईन् ।
मन्त्री अधिकारी सहित सवै मृतकहरुलाई श्रद्धाञ्जली दिन टुडिखेलमा हजारौंको संख्यामा सर्वसाधरण र नेताहरुको उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस्