सेरोफेरो
१७ जेठ सुर्खेत । सिद्धार्थ बैंकले सुर्खेतको वीरेन्द्रनगरमा शाखा संचालनमा ल्याएको छ । वीरेन्द्रनगरमा एक कार्यक्रमका विच शाखाको उद्घाटन गरिएको हो । शाखा उद्घाटन गर्दै बैंकका संचालक हेमन्त ज्ञवालीले बैंकले सम्पुर्ण बैंकिङ सेवाका साथै एटीएम सेवा पनि उपलब्ध गराउने जानकारी दिए ।
बैंकले हाल देशभर रहेका ७० शाखा, २ एक्स्टेन्सन काउन्टर, ८८ एटीएम, ७० शाखारहित बैंकिङ्ग सेवा केन्द्र मार्फत बैकिङ्ग सेवा प्रदान गरेको ज्ञवालीले सो कार्यक्रममा बताए ।
चालु आर्थिक वर्ष २०७३ ०७४ को चैत्र मसान्तसम्म बैंकले ९५ करोड ७० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको कुल निक्षेप ७५ अर्ब २७ करोड रुपैयाँ र कर्जा लगानी ६६ अर्ब २६ करोड रुपैयाँ रहेको संचालक ज्ञवालीले बताए ।
सिद्धार्थ बैंकले हालै चितवनको टाँडी, नवलपरासीको कावासोती र पाल्पाको तानसेनमा पनि सेवा सुरु गरेको छ ।
प्रतिकृया दिनुहोस्