Birendranagar Municipality

सुर्खेतमा क्यान इन्फोटेकको तयारी तिव्र, रोबर्टबाट उद्घाटन गरिने

सेरोफेरो/सुर्खेत
सुर्खेतमा क्यान इन्फोटेकको तयारी तिव्र, रोबर्टबाट उद्घाटन गरिने

१७ फागुन । कम्प्यूटर एशोसियसन नेपाल महासंघ (क्यान) सुर्खेतको आयोजनामा यही फागुन २४ गतेदेखि २८ गतेसम्म वीरेन्द्रनगरमा संचालित हुने कर्णाली प्रदेश स्तरीय क्यान इन्फोटेकको तयारी तिव्र रुपमा भइरहेको आयोजकले जनाएको छ ।


इन्फोटक संचालनका लागि करिब ३६ लाख रुपैयाँ खर्च हुने क्यान महासंघ कर्णाली प्रदेश अध्यक्ष पूर्णदेव अधिकारीले जानकारी दिए । इन्फोटेकको उद्घाटन कर्णाली प्रदेशमै पहिलो पटक रोबर्टबाट गर्ने तयारी भइरहेको उनले बताए ।


इन्फोटेकमा सूचना प्रविधिको प्रदर्शनी, प्रत्येक दिन आइटी सेमिनार हुने आयोजकले जनाएको छ । यसैगरी लक्की ड्र बाट हरेक दिन एक जनालाई रारा ट्रीप, कम्प्यूटर पिन्टर र ल्यापटपका फ्रि सर्भिस, नेपाली वैज्ञानिकद्धारा निर्मित रोबोर्ट तथा अन्य प्रविधिहरुको प्रर्दशनी समेत हुनेछ ।


स्कुल स्तरीय वत्तृत्वकला प्रतियोगीता, पियुबिजी गेम प्रतियोगीता, दृष्टिबिहीनहरुलाई कम्प्यूटर तथा मोवाइल चलाउन सिकाइने व्यवस्था समेत गरिएको जनाइएको छ ।


सेवा तथा सामान खरिदमा ५ देखि ५० प्रतिशतसम्म छुट दिने उक्त कार्यक्रममा अनलाइन टिकेटिङ्गमा निःशुल्क प्रवेशको व्यवस्था मिलाएको आयोजकको भनाई छ । जसका लागि मोबाईलमा आइएमइ पे डाउनलोड गरि टिकट लिन सकिनेछ । यसैगर विद्यार्थीहरु विद्यालयको पोशाक र परिचयपत्रका साथमा आएमा निःशुल्क प्रवेशको व्यवस्था मिलाउने आयोजकको भनाई छ ।


कर्णाली प्रदेशका १० वटै जिल्लाको सहभागीता रहने गरी आयोजना हुन लागेको उक्त इन्फोटेकको समन्वय क्यान महासंघ कर्णाली प्रदेशले गर्ने र त्यसको संरक्षकमा क्यान महासंघ नेपाल रहने छ ।


इन्फोटेकमा ७० वटा स्टल रहने आयोजक संस्थाका अध्यक्ष प्रेमप्रकाश चन्दले जानकारी गराए । आयोजकका अनुसार इन्फोटेकमा राष्ट्रियस्तरका व्यवसायीहरु सहभागी हुनेछन् भने नेपालमा भित्रिएका नविनतम् प्रविधिहरुको प्रदर्शनी मुख्य आकर्षकको रुपमा रहने बताइएको छ ।


मेला भित्र आईसिटी कन्फ्रेन्स, आईटी वर्कसपहरु डिजिटल कर्णालीका लागि स्मार्ट प्रविधि विषयमा सेमिनार संचालन हुनेछन् । सरकारी, गैरसरकारी तथा नीजि क्षेत्र, शिक्षक, विद्यार्थी, शिक्षा तथा विज्ञान तथा प्रविधि क्षेत्रको उल्लेख्य सहभागीता हुने उक्त मेलामा करिव १ लाख बढी दर्शकहरुले अवलोकन गर्ने अपेक्षा आयोजकको छ ।


नयाँ प्रविधि सहितका प्रदर्शनी, ५ देखि ५० प्रतिशतसम्म सामानमा छुटको व्यवस्था, स्थानीय तथा राष्ट्रियस्तरमा विकास भएका प्रविधिको प्रदर्शनी, स्मार्ट सेमिनार, निःशुल्क कम्प्युटर तथा प्रिन्टर मर्मत क्याम्प, अन्तर विद्यालय प्रविधि प्रतियोगीता, विज्ञान प्रर्दशनी र फ्रि वाईफाई जोन मुख्य आकर्षकका रुपमा रहने बताइएको छ ।


यस अघि सुर्खेत शाखाको आयोजनामा सुण्डे क्यान इन्फोटेक २०१३ र के सेभेन क्यान इन्फोटेक २०१६ सम्पन्न भइसकेको छ ।

 

२०७५ फागुन १७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्