Birendranagar Municipality

प्रधानमन्त्रीले दिवंगत मन्त्री अधिकारीको पार्थिव शरिरमा राष्ट्रिय झण्डा ओडाए (फोटो कथा)

गणेश ओली/सेरोफेरो
प्रधानमन्त्रीले दिवंगत मन्त्री अधिकारीको पार्थिव शरिरमा राष्ट्रिय झण्डा ओडाए (फोटो कथा)

१७ फागुन । ताप्लेजुङमा भएको हेलीकप्टर दुर्घटनामा परी मृत्यु भएका मन्त्री रविन्द्र अधिकारीको पार्थिव शरिरमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झण्डा ओडायका छन् ।

 

श्रद्धाञ्जली सभा स्थल टुडिखेलमा प्रधानमन्त्रीले अन्य ६ जना मृतकहरुलाई श्रद्धाञ्जली दिएका छन् । यसैगरी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्रीले दिवंगत मन्त्री अधिकारीलाई पार्टीको झण्डा ओडायका छन् ।

 

श्रद्धाञ्जली सभामा प्रतिनिधी सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, मुख्यमन्त्री, मन्त्रीहरु, सांसदहरुविभिन्न नेताहरु, कुटनितिक नियोगका प्रतिनिधीहरु र हजारौको संख्यामा सर्वसाधारणको उपस्थिती थियो । मन्त्री अधिकारीको दाहसंस्कारको लागी  आज नै पोखरा लगिने बताइएको छ ।

 

अन्य मृतकहरुको परम्परागत रुपमा काठमाडौमै अन्त्यष्ठी गरिने बताइएको छ ।
सेरोफेरोले कैद गरको तस्विरहरु:

1

2

3

4

5

7

8

6

9

२०७५ फागुन १७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्