१७ फागुन । यात्रा, फोटोग्राफी र पर्यटन प्रवर्धनमा रुची राख्ने पन्च देव भट्टले सुर्खेतदेखि जुम्ला सम्मको यात्रा एवं, पर्यटकीय दृष्टिकोणवाट प्रभाव पार्ने दृश्यचित्र सार्वजनिक गरेका छन् । युटुवबाट सार्वजनिक गरिएको उनको भिडियो यहाँ हेर्न सकिन्छ ।
उक्त दृश्यचित्रमा सुन्दर जुम्ला उपत्यका सहित महत्वपुर्ण पर्यटकीय गन्तब्य, प्रसिद्ध धार्मिक स्थल तथा यात्राका क्रममा पर्ने दैलेख र कालिकोट जिल्लाका केहि स्थानहरुलाई समेटेका छन् ।
बाइसे चौबिसे राज्य कालदेखि नै महत्वका साथ हेरिने यो क्षेत्र भागौलिक चुनौतीका बीच पर्यटनको बलियो सम्भावना रहेको भट्टको बुझाइ छ । जुम्ला उच्च पहाडी तथा हिमाली भेगमा पर्ने भएको हुँदा जाडोयाममा प्राय हिउले ढपक्क ढाकिएको दृश्य पनि भिडियोमा देख्न पाइने उनले बताए ।
यस अघि उनले नेपालका विभिन्न क्षेत्र तथा चाडपर्वहरुबारे वृतचित्र सार्वजनिक गरिसकेका छन् ।
यात्राका क्रममा उनले लिएका केहि तस्बिर ।







प्रतिकृया दिनुहोस्