Birendranagar Municipality

हिमपातले मरे भेडाबाख्रा

शुभाकर विश्वकर्मा/जुम्ला
हिमपातले मरे भेडाबाख्रा

फागुन १९ । निरन्तर हिमपातका कारण जुम्ला सिंजा गाउँपालिकाको पाटनमा सयौं भेडा बाख्रा मरेका छन् । निरन्तरको हिमपातले हिउमा कठ्यारिएर सिँजा गाउपालिका २ का गोबिचन्द्र तिरूवाका ५१ वटा भेडा मरेका हुन् ।

 

घोडिङ्गा पशु ब्यवसायिक हिमाली भेडापालन ब्यवसायिक आयोजनाको सहयोगमा तिरूवाले भेडा पालन व्यवसाय गर्दै आएका थिए । जम्म्मा १३५ भडा मध्ये अत्याधिक चिसोका कारण ले ५१ भेडा मरेको व्यवसायी तिरूवाले बताए ।

 

एक्कासी भेडा मरेपछि आर्थिक रुपमा निकै नोक्शानी व्यहोर्नुपरेको उनले बताए । भने, 'अब मरेका भेडा गाउँ ल्याउन समेत हप्तौं लाग्ने भयो ।'

 

जुम्लाका उच्च भागहरूमा पाँच फिटसम्म हिउँ जमेको छ । यसपटकको चिसोले सिंजामा मात्रै करीब ५० लाख जतिको क्षती पुर्याएको पशु बिज्ञ मित्रलाल धितालले बताए ।

 

अत्याधिक हिमपातले समग्र जुम्लाका पशु पालक कृषक निकै प्रभावित भएका छन् ।

२०७५ फागुन १९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्