Birendranagar Municipality

नेकपा नेता भरतमोहन र रविन्द्र अधिकारीको सम्झनामा श्रद्धाञ्जली सभा (भिडियो)

सेरोफेरो/काठमाडौं
नेकपा नेता भरतमोहन र रविन्द्र अधिकारीको सम्झनामा श्रद्धाञ्जली सभा (भिडियो)

२३ फागुन । नेकपाको आयोजनामा ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी सहित सात जना र पुर्व उप-प्रधानमन्त्री भरतमोहन अधिकारीको सम्झनामा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ ।

 

सभालाई प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गरेका हुन् ।

 

सभालाई सम्बोधन गर्दे नेकपा अध्यक्ष पुष्पकमल दाहालले नेपालको कम्युनिष्ट आन्दोलनमा ठुलो भुमिका खेलेका नेताहरुको मृत्यु अपत्यारीलो र असामान्य रहेको बताए । यसले पार्टीलाई ठुलो क्षती पुगेको अध्यक्ष प्रचण्डको भनाई छ ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले शान्त स्वभावका भरतमोहन अधिकारीको निधनले पार्टीलाई ठुलो क्षती पुगेको बताए । प्रधानमन्त्रीले मन्त्री रविन्द्र अधिकारीले कामलाई मुख्य प्राथमिकता दिई परिणाम समेत निकालेको स्मरण गरे । ओलीले सवै मृतकहरुको परिवारलाई के कस्तो सहयोग गर्नुपर्ने हो सरकारले प्रत्यक्ष रुपमा भेटेर समस्या पहिचान गरी सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ।

यसैगरी नेकपा नेताहरु पूर्व प्रधानमन्त्री माधव नेपाल, नेकपाका सचिवालय सदस्य वामदेव गौतम, नारायाणकाजी श्रेष्ठ, गृहमन्त्री रामबहादुर थापा ‘वादल’ को उपस्थिति रहेको थियो ।

२०७५ फागुन २३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्