२४ फागुन । महिला स्वयंम्को सोच परिवर्तन नभए छाउपडी तथा अन्य सामाजिक कुरीतीको अन्त्यको सम्भावना नरहेको सर्वोच्च अदालतका न्यायाधिश सपना प्रधान मल्लको भनाई छ । महिलाहरुले महिनावारीको समयमा पुजा गर्न जान नहुने र अन्य शुभ कार्य गर्न नहुने भन्दै पन्छिने कारणले यो कुसंस्कारको रुपमा जरा गाडेर बसेको बताइन् ।
यसबाट नेपालका मध्यपश्चिम र सुदुरपश्चिम क्षेत्रका महिलाहरुले समस्याहरु झेल्नु परेको न्यायाधिश प्रधानको भनाई छ । हरेक क्षेत्रमा आफु परिवर्तन भए मात्र अरुलाई परिवर्तन गराउन सकिने न्यायाधिश मल्लले बताईन् ।
"लैङ्गीक समानताको लागी समान सोच र व्यवहार : समृद्धिको आधार" भन्ने मुल नाराका साथ १०९ औं अन्तर्राष्ट्रिय महिला दिवश २०७५ को अवसरमा उनले सो कुरा बताएकी हुन् । नेपाल वार एशोसियशन महिला समितिको आयोजनामा 'अन्तर्राष्ट्रिय महिला दिवशको अवसरपारी कानुनको प्रभावकारी कार्यान्वयनको लागी कानुन व्यवसायीको भुमिका' विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा नेपाल वार एशोसियशनका केन्द्रिय अध्यक्ष शेरबहादुर केसीले महिला तथा पुरुषको समान बुझाई र साथ समन्वयबाट मात्र समाजमा समानता आउने बताए । साथै केसीले यसमा कानुन व्यवसायीहरुले महत्वपुर्ण भुमीका खेल्न सक्ने समेत औल्याय ।
कार्यक्रम न्यायाधिश सपना प्रधान मल्लको प्रमुख आथित्यता र वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकको अध्यक्षमा सम्पन्न भएको थियो । कार्यक्रममा ५० भन्दा धेरै महिला कानुन व्यवसायीको उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस्