Birendranagar Municipality

निर्वाचनको कार्यतालीका सार्वजनिक : च्यातिएको मतपत्र यकिन गर्न निर्देशन

निर्वाचनको कार्यतालीका सार्वजनिक : च्यातिएको मतपत्र यकिन गर्न निर्देशन

सेरोफेरो

१७ जेठ काठमाडौं । निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तह निर्वाचनको नयाँ कार्यतालीका आज सर्वजनिक गरेको छ । दोस्रो चरणको निर्वाचन २०७४ असार १४ गते गर्ने सरकारको निर्णय अनुसार आयोगको बुधबार बसेको बैठकले नयाँ निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो ।

 

प्रकाशित कार्यक्रम अनुसार निर्वाचन हुन बाँकी प्रदेश नम्बर १, २, ५ र ७ का ४३ जिल्ला (रुकुम र नवलपरासी समेत) गरी ४६१ स्थानीय तहमा २०७४ असार २ गते उम्मेदवारको मनोनयन दर्ता, असार ५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र असार १४ गते बुधबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान कार्यक्रम सञ्चालन गरिने आयोगले जानकारी दिएको छ ।

 

सरकारको नयाँ निर्णय अनुसार आयोगले यसअघिको निर्वाचन कार्यक्रम परिर्वतन गरी असार २ गतेबाट सुरु हुने नयाँ निर्वाचन कार्यक्रम प्रकाशन गरेको आयोगका सहसचिव एवम् प्रवक्ता सूर्यप्रसाद शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

यसैगरी निर्वाचन आयोगले भरतपुर महानगरपालिका १९ मा मतगणनाको क्रममा च्यातिएको मतपत्रको सम्बन्धमा भरतपुर महानगरपालिकाका मुख्य निर्वाचन अधिकृतलाइ मतगणनाको क्रममा च्यातिएको मतपत्र एकिन गरि प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।

 

निर्वाचन आयोगवाट बुधवार जारी प्रेस विज्ञाप्तिमा शिलबन्धी खोल्ने निर्देशन दिएको छ । यस क्रममा मेयर, तथा उप-मेयर, सम्वन्धीत वार्डमा उम्मेदवार दिएका उम्मेदवार वा निजका एक एक जना प्रतिनिधी, चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखको रोहोवरमा शिलबन्दी खोली च्यातिइ नोक्सान भएको मतपत्रको संख्या एकिन गरि पठाउन भरतपुर महानगरपालिकाका मुख्य निर्वाचन अधिकृतलाइ भनिएको छ ।

निर्वाचन आयोगले जारी गरेको प्रेस विज्ञाप्ति विस्तृतमा :

 

२०७४ जेठ १७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्