Birendranagar Municipality

हिंसा र बिस्फोटबाट आतंक मच्चाएर लुटपाट गर्नेहरुसँग वार्ता हुदैन - प्रधानमन्त्री

सेरोफेरो /काठमाडौं
हिंसा र बिस्फोटबाट आतंक मच्चाएर लुटपाट गर्नेहरुसँग वार्ता हुदैन - प्रधानमन्त्री

२८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसा र बिस्फोटबाट आतंक मच्चाएर लुटपाट गर्ने समुहसँग सरकारले वार्ता नगर्ने बताएका छन् ।


मंगलबार बालुवाटारमा नेपाल बैदेशिक रोजगार व्यवसायी संघको टोलीसँगको भेटघाटमा प्रधानमन्त्री ओलीले फागुन २४ गते संघका अध्यक्ष रोहन गुरुङको घरमा बम हानेको बिषयमा केन्द्रित हुँदै बम पड्काउने र पैसा असुल्नेहरुसँग वार्ता गर्नुको औचित्य नभएको स्पष्ट पारे ।


‘कतिपयले वार्ता गर्नुपर्‍यो भन्छन् तर के का लागि वार्ता गर्ने ? उनीहरुले गरेका क्रियाकलाप राजनीतिक हुन् ? बम पड्काउने, आतंकित पार्ने, पंैसा असुल्ने कुरा राजनीतिकहुन सक्दैनन्’ प्रधानमन्त्री ओलीले भने ‘जहाँ धेरै पैसा छ भन्ने लाग्छ त्यही बम हान्नेहरुसँग के को वार्ता ? उनीहरुलाई कानुनबमोजिम नियन्त्रणमा लिइन्छ ।’


एउटा गिरोहले कम्यूनिष्टका नाममा घिनलाग्दो काम गरिरहेको आरोप लगाउँदै ओलीले भने ‘कम्यूनिष्टले त यूवाहरुलाई कर्मशिल हुन, सही बाटोमा हिडाउन र उत्पादनमा लाग्न सिकाउनु पर्ने हो, यहाँ त यूवालाई लुट्न सिकाइरहेका छन् ।’


प्रधानमन्त्री ओलीले अध्यक्ष गुरुङको घरमा भएको बिस्फोटप्रति दुःखव्यक्त गर्दै घटनाबारे सरकारले छानविन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

Baidesik rojgar mahasangh 1

२०७५ फागुन २८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्