तस्बिर : रामचन्द्र घर्ती
२९ फागुन । जाजरकोटको छेडागाड नगरपालिका वडा नम्बर १३ निवासी हीरा बस्नेतको जन्मजात दुबै खुट्टा अस्वभाविक थिए । नचल्ने र लुला अवस्थाका छन् ।
तीन दाई र दुई दिदी पछि परिवारकी कान्छि छोरी हिरा शारिरिक रुपमा असक्त छिन् । उनि हिडडुल गर्न सक्दिनन् । अर्काको सहारा चाहिने ४६ बर्षिय हिराले अहिले थप पिडाको सामना गर्नुपरेको छ ।
बुढी आमालाई चिया पकाएर खुवाउछु भनी घिस्रीएर चुलो नजिक पुगेकी उनि एक्कासी आगोमा खसिन् । उनको पुरै अनुहार आगोले जल्न थाल्यो तर अशक्त भएकोले आफै उठ्न सकिनन् । ८० वर्र्षिय उनकी आमाले छोरालाई बोलाएर बल्ल आगोबाट बाहिरा निकालियो । हिराको अनुहार जलेर नचिन्नीने अवस्थाको थियो ।
नेपालगञ्ज सम्म गएर उनको उपचार गरियो तर अझै सन्चो भएको छैन । उपचार गराईरहकी उनको जिवनमा फेरी अर्को बज्रापात आइलाग्यो । जन्मेदेखी साहारा दिई रहेकी उनकी आमाले पनि सदाका लगि संसार छोडेर गइन् । उनका दाजुभाई सबै अलग भइसकेका छन् । अहिले उनि दाइको छोराको घरमा बसेकी छिन् ।
आगोले जलेपछि अहिले उनको एउटा कान सुनिदैन भने एउटा आखा पनि देख्न छोडेकी छिन् । शरिरको अन्य भाग पनि जलेको छ । उनलाई यतिवेला थप उपचारको खाँचो छ तर भएको सबै पंैसा सकियो । उपचार गर्न पाए बाँचुन्जेल पीडा कम हुन्थ्यो की भन्ने लागेको छ उनलाई ।
पीडामाथि पीडा भोगीरहकी हिरालाई सहयोगको गरिदिन स्थानिय अभियन्ता र उनको परिवारले अनुरोध गरेका छन् ।
प्रतिकृया दिनुहोस्