सेरोफेरो
१८ जेठ सुर्खेत । सुर्खेत स्थित न्यु कोटेश्वर टायर रिसोलिङ्ग उद्योगमा आगलागी भएको छ । करिब बिहान ५ बजेतिर बिजुली सट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । घटनास्थलमा करिव डेढ घण्टा ढिलो पुगेको नेपाल प्रहरी र नेपाली सेनाकोे टोलीले आगो नियन्त्रणमा लिएको छ ।
प्रदेश नं ६ को सम्भावित राजधानिको रुपमा रहेको विरेन्द्रनगर नगरपालिकामा आगलागी नियन्त्रणका हालसम्म एउटा दमकलपनि छैन र यसको लागि सरोकारवाला निकायहरुले हालसम्म चासो दिएको देखिदैन ।
यस विषयमा विरेन्द्रनगर नगरपालिकाका उपमेयर मोहनमाया ढकालले "आफ्नो कार्यकालभन्दा अगाडी के भयो र किन दमकल भएन भन्ने विषयमा केहि थाहा नभएको बताइन्" । उनले भनिन् आफ्नो कार्यकालको शरुमानै दमकल खरिदको विषयलाइ जोडदार रुपमा राख्ने जानकारी राख्ने छु र कार्यकारी सभाको पहिलो बैठकमा यो विषयलाई उठान गर्ने प्रतिबद्धता जनाइन् ।
घटना भएको करिव तिन घण्टापछि भेरीगंगाा नगरपालिकाको बारुणयन्त्र घटना स्थलमा आइपुगेको थियो । लागलागीवाट लाखौको क्षतिभएको प्रहरीले जनाएको छ तर कति क्षति भयो त्यसको जानकारी आउन समय लाग्ने बताइएको छ ।
आगलागीमा भएको क्षति (फोटो फिचर)



प्रतिकृया दिनुहोस्