Birendranagar Municipality

सहमतिय सरकार नबन्ने पक्का : वहुमतीय प्रक्रिया अघि बढ्ने

सहमतिय सरकार नबन्ने पक्का : वहुमतीय प्रक्रिया अघि बढ्ने

फाइल तस्विर

सेरोफेरो

१८ जेठ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयनको प्रक्रिया अघि बढाउन आह्वान गरेकी छन् । सहमतीय सरकार गठनको लागि दलहरुले खासै कसरत नगरेपछि एक साताको समय गुज्रिएको हो ।

 

एक साताभित्र सहमतीय सरकार गठन हुन नसकेमा पुन बहुमतीय प्रक्रिया बाट सरकार गठन हुने र जसको लागि राष्ट्रपतिले आह्वान गर्नुपर्ने संवैधानीक व्यवस्था रहेको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता मोहनप्रसाद वाग्लेले विज्ञप्ति मार्फत सो जानकारी गराएका हुन् ।

 

राष्ट्रपति कार्यालय द्वारा जारि विज्ञप्ति विस्तृतमा :

 

आज मिति २०७४ साल जेठ १८ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा २९८ को उपधारा ९२० बमोजिम व्यवस्थापिका (संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सहमतिका आधारमा ७ (सात) दिनभित्र प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन गर्नको लागि व्यवस्थापिका (संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई सम्वत २०७४ साल जेठ ११ गते बिहीबारका दिन आह्वान गरिएकोमा उल्लिखित समयावधिभित्र राजनीतिक सहमतिको आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न हुन नसकेकोले नेपालको संविधानको धारा २९८ को उपधारा ९३० बमोजिम व्यवस्थापिका (संसदको तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतको आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गर्ने प्रकृया अघि वढाउनको लागि आह्वान गर्नुभएको छ ।

(मोहनप्रसाद वाग्ले)

प्रवक्ता

२०७४ जेठ १८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्